जेठ ३, धादिङ ।
धादिङको कालुपाण्डे सडकखण्ड अन्र्तरगत निलकण्ठ नगरपालिका वडा नम्बर ८ च्याडुखोलामा बुधबार ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ३ जना घाईते भएका छन् ।

मलेखुबाट धादिङवेशीं तर्फ आउँदै गरेको ना ३ ख ६२४३ नम्बर ट्रक दुर्घटना हुँदा निलकण्ठ नगरपालिका वडा नम्बर ३ का गोकूल उपाध्ययको मृत्यु भएको हो । उपाध्ययको काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाईतेहुनेहरु मध्ये दुई जना सामान्य उपचार पछि घर फर्किएका छन् भने त्रिपुरासुन्दरी गाउँपालिकाका राजकुमार श्रेष्ठको भने ट्रमा सेन्टर काठमाण्डौंमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments