२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जलेश्वरी माध्यमिक विद्यालयमा खाजा कार्यक्रमको शुभारम्भ

सेयर गर्नुहोस्
०सेयर

वैशाख २१,धादिङ ।
सिद्धलेक गांउपालिकाको वडा नं. ४ सलाङघाट स्थितजलेश्वरी माध्यमिक विद्यालयमा खाजा कार्यक्रमको शुभारम्भ भएको छ ।
विहिवार सिद्धलेक गांउपालिकाको वडा नं. ४ का वडाध्यक्ष रामहरी वराकोटि र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भक्त वहादुर थापा मगर द्धयले विद्यार्थीहरुलाई पौष्टीक युक्त खाजा खुवायर कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
उक्त कार्यक्रम नलाङ पात्ले मा.वि. नलाङका प्रधानाध्यापक अमृत गरुङको पहल र फादर अल्फारो नलाङ पात्ले स्पेनको आर्थिक सहयोगमा शुभारम्भ भएको हो ।
अवदेखी विद्यालयको नर्सरी देखि कक्षा ५ सम्मका १सय ४२ जना विद्यार्थीहरुले सातामा २ दिन हलुवा २ दिन चना केराउ र २ दिन मिश्रित जाउलो लगायत पौष्टीक युक्त दिवा खाजा खान पाउने भएको विद्यालयका प्रधानाध्यापक भोजराज अर्याललाई उद्रित गर्दै सहकर्मी विवेक अर्यालले जानकारी दिनुभयो

यो समाचार सेयर गर्नुहोस्
०सेयर
विवेक अर्याल लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।