प्रगतिशील लेखक संघ धादिङको अध्यक्षमा पुन: रमेश अधिकारी चयन भएका छन् ।

वामपन्थी पार्टी निकट संघको आज धादिङबेसीमा सम्पन्न दोस्रो जिल्ला भेलाबाट अधिकारी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । अधिकारी नेकपा एमाले निकट बौद्धिक व्यक्ति हुन् ।

संघको उपाध्यक्षमा सीताराम कोइराला, सचिवमा लालकाजी श्रेष्ठ, कोषाध्यक्षमा इन्द्र कुमारी ढकाल र सहसचिव माधव गुरुङ चयन भएका छन् । भेलाले उदय सामरी, बद्री अधिकारी, गायत्री खतिवडा सिर्जना अर्याललाई चयन गरेको छ ।

कार्यसमितिको बैठकले विधान अनुसार सदस्यहरुको थप गर्न सक्नेछ । धादिङमा नेकपा एमाले, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीसंग आवद्ध लेखकहरुको भेलाले उत्तम कँडेल, अमृत अधिकारी, नवराज छत्कुली, शालिग्राम अर्याल र ध्रुव बहादुर अर्याल सदस्य रहनेगरी पाँच सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।

२००९ सालमा नेपालमा पहिलो पटक स्थापना भएको संघ धादिङमा २०७४ सालमा स्थापना भएको हो । संघमा आवद्ध लेखकहरुले महिला शसक्तिकरण, मजदुर वर्गको हित, संगठन सुदृढीकरण, विचारमा कलात्मकता लगायतका विषयलाई प्राथमिकता दिएर कलम चलाउदै आएको प्रगतिशील लेखक संघ बामगती प्रदेश अध्यक्ष हरिप्रसाद सिलवालले बताउनुभयो ।

कार्यक्रममा लेखक उत्तम कँडेल र इन्द्र कुमारी ढकाललाई प्रदेश समितिले सम्मान गरेको छ ।

Facebook Comments