पछिल्लो समय आन्तरकि पर्यटकहरुले भरिभराउ हुने नीलकण्ठ नगरपालिका वडा नम्बर ९ सल्लाघारीमा निर्माण गरिएको सल्लघारी बालपार्कको औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

नव वर्ष २०८१ को अवसरमा बालपार्कको उद्घाटन गरिएको हो । नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुङ्गानाले पार्कको उद्घाटन गर्नुभएको हो । पार्कको उद्घाटन गर्नुहुँदै ढुङ्गानाले पार्कको व्यवस्थापनको लागि विशेष पहल गर्ने बताउनुभयो । पार्कलाई अझै व्यवस्थित गरेर लैजान संघ र प्रदेश सरकारसँग समन्य गरेर अघि बढ्ने बताउनुभयो । देशकै नमुना पार्ककको रुपमा विकास गराउन सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

सल्लाघारी लहरेपाखा सामुदायिक वनको आयोजना तथा नीलकण्ठ नगरपालिका वडा न. ९ को सहयोगमा शुभकामना आदान प्रदान एवंम बालपार्क उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराईललिे आँफैमा बनेको प्राकृतिक पार्कलाई व्यवस्थापन मात्र गरेको बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटक बढि भन्दा बढि भित्¥याउन योजना बनाउर अघि बढेको बताउनुभयोे । सल्लाघारी लहरेपाखा सामुदायिक वन समितिसंग सहकार्य गर्दै अहिले १ लाखको बजेटमा फुलको गुच्छा र फोटो खिच्न मिल्ने ठाउँहरुमा झिलिमिलि बत्तिको समेत व्यवस्था गरिएको वडा अध्यक्ष बराईलीले बताउनुभयो ।

पार्कमा निर्माण भएका संरचनाहरुको सुरक्षाको लागि हेरालुको व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो । अहिले पार्कमा ३५ भन्दा बढि प्रजातिका बोट विरुवाहरु रोपिएको सल्लाघारी लहरेपाखा सामुदायिक बनका अध्यक्ष भवनाथ लम्सालले बताउनुभयो । आगन्तुक पर्यटकहरुलाई लक्षित गर्दै विभिन्न प्रजातिका बोट विरुवा लगाईएको अध्यक्ष लम्सालले बताउनुभयो । सल्लाघारीमा घुम्न आउने आन्तरकि तथा बाह्य पर्यटकको भिडभाडले स्थानिय खुशी छन् ।

स्थानियहरुको जिविकोपार्जमा मद्धत पुग्ने उनिहरुको अपेक्षा छ । पार्कमा ट्रस्ट निर्माण गर्नुपर्ने, खानेपानीको सहज उपलब्ध गर्नुपर्ने र शनिबारे हाटबजारलाई निरन्तरता दिनुपर्ने कार्यक्रममा उपस्थित स्थानियहरुले माग राखेका थिए । पछिल्लो समय सल्लाघारीमा आन्तरिक तथा बाह्य पर्यटकको घुंईचो लाग्ने गरेको छ ।

सल्लाघारी लहरेपाखा सामुदायिक वनका अध्यक्ष भवनाथ लंसालको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदान प्रदान एवंम बालपार्क उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुगानाको प्रमुख आतिथ्य तथा उपप्रमुख दिपक विश्वकर्माको विशेष आतिथ्य रहेको थियो ।

Facebook Comments