२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

खनियाबासमा सञ्चालन भएको विद्यालय पदाधिकारीहरुको क्षमता विकास तालिम सम्पन्न

खनियाबासमा सञ्चालन भएको विद्यालय पदाधिकारीहरुको क्षमता विकास तालिम सम्पन्न
सेयर गर्नुहोस्
०सेयर

खनियाबास गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखा धादिङको आयोजनामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाकिारीहरुको लागि आयोजित दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । खनियाबास गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा खनियाबास गाउँपालिकाका प्रवक्ता लिलामान तामाङताको अध्यक्षतामा सम्पन्न भएको तालिममा गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङको प्रमुख आतिथ्यता तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

जेठ ६ देखि ७ गतेसम्म संचालन भएको तालिममा खनियाबास गाउँपालिका क्षेत्रका २४ वटा सामुदायिक विद्यालयका २८ जना विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । सतालिम समापन समारोहलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले खनियाबास गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।

त्यसै गरि तालिम समापन सत्रमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि तालिममा पहिचान भएका सवालहरुलाई समाधानका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसै गरि खनियाबास गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा खनियाबास गाउँपालिकाका प्रवक्ता लिलामान तामाङले गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको भुमिका महत्वपूर्ण भएकोले क्षमता विकासका थप कार्यक्रमहरु संचालन गरिने धारणा व्यक्त गर्नुभयो ।

तालिमको सहजीकरण तथा प्रशिक्षण सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बागमती प्रदेश कार्यसमितिका महासचिव श्याम बहादुर मगरातीले गर्नु भएको थियो । उक्त तालिममा विद्यालयमा अभिभावकको सहभागिता अवधारणा र अभ्यास, विद्यालयमा अभिभावक सहभागिता किन र कसरी, विद्यालय व्यवस्थापन समिति भनेको के हो ? विद्यालय व्यवस्थापन समितिको गठन, काम, कर्तव्य र अधिकार, गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको भुमिका, प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार, विद्यालय व्यवस्थापनका सवालहरु, विद्यालयको सामाजिक लेखा परीक्षण, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर कमजोर हुनाका कारणहरु र गुणस्तर सुधारका लागि गर्न सकिने पहल तथा कदमी लगायतका विषयहरुमा छलफल गरिएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।