१३ जेठ
इजरायल – तमू समाज इजरायलले बैशाख पूर्णिमा / बुद्ध जयन्तीको अवसरमा शुभकामना आदान – प्रदान तथा भेटघाट कार्यक्रम गरेको छ । तमू समुदायको विभिन्न पर्वहरु मध्येको बैशाख पूर्णिमा पनि एक महत्वपूर्ण पर्व हो । यस पर्वमा तमू समुदायले पुजापाठ, आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै भेटघाट सहित रमाइलो गर्ने गर्दछन् ।
इजरायलमा रहेका तमूहरुले प्रत्येक वर्ष बैशाख पूर्णिमा मनाउँदै आएका छन् । इजरायलको विभिन्न क्षेत्रमा रहेका तमूहरु संगठित भई स्थापना भएको तमू समाज इजरायलले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतीलाइ संरक्षण र संवद्र्धन गर्न यस्ता पर्वहरु मनाउने गरेको छ । साथै तमू समाज इजरायलले आफ्नो संस्थाको अक्षय कोष अभिवृद्धि गर्नको लगि पनि यस कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
बैशाख पूर्णिमाकै अबसरमा इजरायलको ऐतिहासिक तथा रमणीय स्थल किर्यात अता योसेफ बेतसरी र हाइफाको भ्रमण पनि गरेको थियो ।
इजरायलमा रहेका विभिन्न जातिय संस्थाहरु मध्येको एक सक्रिय संस्थाको रुपमा यस समाजलाइ लिन सकिन्छ । यस समाजले समय समयमा विभिन्न किसिमका सामाजिक कार्यक्रमहरु पनि गर्दै आएको छ ।