विश्व वातावरण धादिङमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । दिवसको अवसर पारेर न्यु किबो बोर्डिङले वृक्षरोपण गरि विश्व वातावरण दिवस २०२४ मनाएको छ ।

प्री प्राइमरी तह तर्फ वातावरण र पृथ्वी थिममा आधारित रहेर विभिन्न प्रोजेक्ट कार्यक्रम गरि वातावरण दिवस लाई विशेष रुपमा मनाएको हो भने सिनियर तर्फ कक्षा ६ र ७ का विद्यार्थीहरुले “Our Land, Our Futureæ“ भन्ने मुल नाराका साथ विद्यालय हाताभित्र वृक्षरोपण गरि विश्व वातावरणमा दिवस मनाएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले जानकारी दिनुभयो ।

सदरमुकाम धादिङबेसीमा अवस्थित यस विद्यालयले विधार्थीलाई विभिन्न क्रियाकलापमा समावेश गराइ जीवनउपयोगी र प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको विद्यालयका प्रीन्सिपल प्रयास रेग्मीले बताउनु भयो ।

यस्तै विश्व वातावरण दिवसको अवसरमा नेशन प्याब्सन धादिङले वक्तृत्वकला प्रतियोगिता आयोजनामा गरेको छ ।

नेशनल प्याब्सन धादिङका अध्यक्ष ईश्वरि प्रसाद पाण्डेका अध्यक्षतामा सम्पन्न भएको प्रतियोगीतामा शिक्षा बिकास तथा समन्वय एकाइ धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो ।

नेशनल प्याब्सन धादिङमा आबद्ध बिभिन्न विद्यालयहरुमा अध्ययनरत १२ जना विद्यार्थीहरुको सहभागीता रहेको प्रतियोगितामा धादिङ बोर्डिङ स्कुलका विद्यार्थी अभिग्या कार्की प्रथम, न्यु किबो बोर्डिङ स्कुलका विद्यार्थी कुशल सापकोटा द्धितिय र न्यु धादिङ बोर्डिङ स्कुलका विद्यार्थी स्तुति दनै तृतीय हुनुभएको छ ।

साथै बिद्यालयगत रुपमा धादिङ बोर्डिङ स्कुल प्रथम, न्यु किबो बोर्डिङ स्कुल दितिय र धादिङ बोर्डिङ स्कुल तृतीय भएको छ । कार्यक्रमका प्रमुख निर्णायक बरिष्ठ साहित्यकार नविन बन्धु पहाडीले यस्ता कार्यक्रमले बिद्यार्थीहरुलाई रचनात्मक बनिरहन उत्प्रेरित गरिरहने तथा वक्तृत्वकला विभिन्न कलाहरु मध्य एक अभिन्न कला रहेको कुरा बताउनु भयो ।

साथै प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय एकाईका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले समय सान्दर्भिक शिर्षकमा प्रतियोगीता आयोजना गरेको भन्दै आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गराउदै जाने नेशनल प्याब्सन धादिङका उपाध्यक्ष प्रयास रेग्मीले बताउनुभयो ।

Facebook Comments