सरकारले असार ३ गते सार्वजनिक बिदा दिने भएको छ।
इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा शुक्रबार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित सूचनाअनुसार असार ३ गते सार्वजनिक बिदा दिने निर्णय भएको सूचना जारी गरेको हो।
नेपाल इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सबैलाई जानकारी गराइन्छ,सूचनामा भनिएको छ।
