
धादिङको सदरमुकाम धादिङबेसी स्थित बिचबजारमा अपरिचित व्यक्तिले कारमा शंकास्पद वस्तु राखेपछि त्रासको वातावरण बनेको छ । यो समाचार तयार पार्दा सम्म शंकास्पद वस्तु डिस्पोज गरिसकेको छैन ।
शंकास्पद वस्तु डिस्पोज गर्न गजुरीबाट नेपाली सेनाको डिस्पोजल टोली आएर उक्त स्थलको अनुसन्धान गरिरहेको छ । त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको बा १६ च ९१७२ नंको गाडीमा खैरो कलरको ब्रिकेस फेला परेको हो ।
बुधबार दिउँसो ३ बजेतिर चाबी लगाएको सुटकेश राखेर गएको प्रत्यक्षदर्शी हरी श्रेष्ठले बताउनुभयो । सिसिटिभि फुटेजका अनुसार धेरैबेर कार वरपर ओहोरदोहोर गरेर सुटकेस कारमा हालेको देखिएको धादिङका डिएसपी मकेन्द्र कुमार मिश्रले बताउनुभयो ।