२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अन्र्तराष्ट्रिय मित्रता दिवसको अवसरमा धादिङबेसीमा साईकल ¥याली

अन्र्तराष्ट्रिय मित्रता दिवसको अवसरमा धादिङबेसीमा साईकल ¥याली

सदरमुकाम धादिङबेसीमा मंगलबार बृहत साईकल ¥यालीको आयोजना गरिएको छ । बैंक, वित्तिय संस्था तथा बीमा कर्मचारी क्लव (बिएफआई) को आयोजना तथा माउण्टेन साईकल सप धादिङको सह–आयोजनामा ¥यालीको आयोजना गरिएको हो ।

अन्र्तराष्ट्रिय मित्रता दिवस तथा अन्र्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा साईकल ¥यालीको आयोजना गरिएको बिएफआई क्लव धादिङका अध्यक्ष ध्रुव रेग्मीले जानकारी दिनुभयो । माउण्टेन साईकल सप शान्तबजारबाट सुरु भएको साईकल ¥याली, बिचबजार, सिरान बजार, पहरेचौतारा, मालेबगर हुँदै पुछार बजारबाट पुनः शान्तबजारमा आएर समापन गरिएको थियो ।

मितवत भावनालाई जागृत गराउँद, मानव वेचविखन विरुद्ध सबै एकजुट होऔं तथो स्वच्छ वातावरण र स्वस्थ जिवनको लागि साईकलको प्रयोग गरौं भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले साईकल ¥यालीको आयोजना गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

स्थापनाको छोटो समयमै बिएफआई धादिङले सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ । बैंक तथा वित्तिय संस्थामा काम गर्ने कर्मचारीहरुको हक हितको निमित्त स्थापित क्लवले विभिन्न सामाजिक उत्तरदायित्वको काम समेत गर्दै आएको र भावी दिनमा यसलाई निरन्तरता दिईने अध्यक्ष रेग्मीले बताउनुभयो ।

क्लवले आज साउन १५ को अवसरमा खिर खाने कार्यक्रम समेत आयोजना गरेको थियो । खिर र पानी गणेश हिमाल होटलले उलब्ध गराएको हो भने साईकल ¥यालीमा प्रयोग भएको साईकल माउण्टेन साईकल सपले साईकल उपलब्ध गराएको बिएफआई क्लब धादिङले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।