२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नुवाकोट सेवा समाज, दोहा कतारको आंठौ अधिवेशन कतारमा सुरु

नुवाकोट सेवा समाज, दोहा कतारको आंठौ अधिवेशन कतारमा सुरु

नुवाकोट सेवा समाज, दोहा कतारको आंठौ अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । नुवाकोट सेवा समाज, दोहा कतारका अध्यक्ष दीपेन्द लामाको अध्यक्षतामा सुरु भएको अधिवेशनले नर्या कार्य समितिको छनोट गर्नेछ । रामचन्द्र माझीको अध्यक्षतामा सन् २००६ मा स्थापित नुवाकोट सेवा समाजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

सनैया प्लाजा मलको सेन्चुरी रेष्टुरेन्टमा विहान ११ बजेदेखि सुरु भएको अधिवेशनमा एनआरएनए आईसिसि कतारका प्रमुख तथा कतारमा रहेर विभिन्न सामाजिक सेवामा क्रियाशिल संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

समाजका अध्यक्ष दीपेनद्र लामाको कार्यकालमा विभिन्न कार्यहरु सम्पन्न भएका छन् । नुवाकोट बिदुर– ११ कि स्तन क्यान्सर पिडित लक्ष्मी मिजारलाई सहयोग, नुवाकोट किस्पाङ निवासी क्यान्सर पीडित बुद्ध तामाङ र मृगौला पिडित सन्जिता तामाङ उपचारमा आर्थिक सहयोग, नुवाकोटको मेघाङ –४ मा निर्माणाधीन गुरु पद्म सम्भव मूर्ति निर्माणमा सहयोग, “नुवाकोट साङ्गितिक साँझ –२०२३ लगायतका विविध कार्यक्रमहरु सम्पन्न गर्न सफल भएको कतारबाट सहकर्मी राज श्रेष्ठले जानकारी दिनुभयो ।

यि हुन् अध्यक्ष दीपेन्द्र लामाको कार्यकालमा भएका मुख्य मुख्य काम :

१. 22/06/22 बिदुर- ११ कि स्तन क्यान्सर पिडित लक्ष्मी मिजार सहयोग Qr1710.00

२. 01/07/22 नुवाकोट किस्पाङ निवासी क्यान्सर पीडित बुद्ध तामाङलाई सहयोग Qr350. 00

३. 03/10/22. साल्मे निवासी निमा घले सहयोग Qr300. 00
४.06/01/23 किस्पाङ निवासी मृगौला पिडित सुश्री सन्जिता तामाङ उपरार्थ सहयोग Qr1404.00
५ .
02/03/23. ककनी छ निवासी पूर्व सदस्य रमेश बहादुर लामा सहयोग Qr1000.00
६. 02/06/23 किस्पाङ ४ सालमे निवासी श्री टेकबहादुर तामाङ उपचारार्थ सहयोग Qr551.00
७ . 18/08/23. नुवाकोट , मेघाङ - ४ मा निर्माणाधीन गुरु पद्म सम्भव मूर्ति निर्माण सहयोग Qr415.00
८ . 08/09/23 दीपक मगर बचाउ अभियान Qr455. 00
९ . 02/02/24 मेन्दोमाया कलाकार संघ नेपाललाई सहयोग Qr295.00
१०. 07/06/24 श्री अहिंसावादी रिङ साङलिङ बुद्ध धर्म गुम्बा Qr3660. 00
११. 06/07/24 बिनपा १० बस्ने क्यान्सर पीडित बसन्ती तामाङ उपचारर्थ सहयोग Qr1015.00
१२. २४/०२/२३ अल्खोरमा आन्तरिक वनभोज कार्यक्रम सफलता पुर्वक सम्पन्न ।
१३. 24/11/2023 मा grand regal hotel मा नेपालबाट आमन्तृत चर्चित कलाकारहरु काँठे लोक दोहरी गायक सरोज लामिछाने , लोक दोहरी गायिका अमृता श्रीपाल र तामाङ गीति भाका म्हेन्दो मायाका गायक सौराम तामाङको प्रस्तुती रहेको "नुवाकोट साङ्गितिक साँझ -2023" अपार सफलताका साथ सम्पन्न ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।