धादिङको सदरमुकाम धादिङबेसीमा आजदेखि धादिङ स्केट पार्क सञ्चालनमा आएको छ । नुवाकोटका युवा व्यवसायी लक्ष्मण अधिकारी लगायतको टिमले सञ्चालनमा ल्याएको स्केट पार्क शनिबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।

साहसी खेल प्रेमीका लागि स्केटिङ गेम नेपालमा पनि बालबालिका तथा किशोर किशोरीहरुका विच निकै लोकप्रिय छ । पछिल्लो समय स्केटिङमा किशोरकिशोरी तथा युवायुवतीको आकर्षण बढ्दो रहेको र सोहीलाई मध्यनजर गर्दै स्केट पार्क सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

पछिल्लो समय स्केटिङमा किशोरकिशोरी तथा युवायुवतीको आकर्षण बढ्दो रहेको र सोहीलाई मध्यनजर गर्दै स्केट पार्क सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । यस गेमले मनोरञ्जन सँगै शारिरिक तथा मानिसिक रुपमा स्वस्थ राख्न तथा कुलत छुटाउन पनि मद्धत पुग्ने सञ्चालक अधिकारीको भनाई छ ।

स्केटिङ खेल्न आउनेहरुलाई ट्रेनर सँगै सुरक्षाका लागि हेलमेट, सेफ्टी गार्ड, नि गार्ड लगायतका सामग्री प्रदान गरिने छ । बालबालिका तथा किशोर किशोरीहरु अहिले विभिन्न कुलतमा फसिरहेकोले त्यस्ता लतबाट छुटकारा पाउन स्केटिङले सहयोग पु¥याउने भएकोले धादिङ स्केट पार्क भिजिट गर्न सञ्चालक अधिकारीले अनुरोध गर्नुभयो ।

 

Facebook Comments