पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ७ सातकिलोमा दुुई ओटा सवारी साधन एक आपसमा ठक्कर खाँदा ८ जना घाईते भएका छन् ।

धादिङबेसीबाट काठमाण्डौं जाँदै गरेको ग २ ख ७०६ नम्बरको बस र काठमाण्डौंबाट पोखरा तर्फ जाँदै गरेको बा ४ ख ८२४९ नम्बरको माईक्रोबस एक आपसमा ठोक्कीएर द्ुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक(डिएसपी) मकेन्द्र कुमार मिश्रले जानकारी दिनुुभयो ।

घाईतेहरु स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ भने केहि गम्भीर घाईतेलाई काठमाण्डौं रेफर गरिएको उहाँले बताउनुुभयो । थप विवरण आउँन बाँकी छ भने राजमार्ग अवरोध नरहेको प्रहरीले जनाएको छ ।



 

Facebook Comments