
धादिङबेसी–सल्यान्टार–आरुघाट सडकखण्ड अन्तरगत नीलकण्ठ नगरपालिका वडा नम्बर १० थुम्की नजिक पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।
मंगलबार अपह्रान्न ४ बजे पहिरो जाँदा सडक अवरुद्ध बनेको शिक्षक सागर बाबु पाण्डेले धादिङ अपडेटलाई जानकारी दिनुभयो । पहिरो खसेपछि यात्रु अलपत्रमा परेका छन् । अहिले पनि माथिबाट ढुङ्गाहरु खसिरहेको शिक्षक पाण्डेले बताउनुभयो ।
पहिरो खसेको जानकारी सडक विभागलाई गराईसकिएको र सडक विभागको डोजर सहित सुपरभाइजरको टोली पहिरो गएको क्षेत्रमा जाँदै गरेको बताईएको छ ।