कतारको दोहामा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली महिला समाज दोहा कतार र एनआरएन एनसीसी कतारको महिला बिभाग लगायतका संघ संस्थाहरुको संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको कतारबाट सहकर्मी राज श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा नेपाल राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगर धादिङ सेवा समाज कतारले सम्मान समेत गरेको छ ।

कार्यक्रम संयोजक सोमनाथ कंडेलको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा धादिङ सेवा समाज कतारका पदाधिकारी लगायतका व्यक्तीत्वहरुको सहभागीता रहेको सहकर्मी श्रेष्ठले बताउनुभयो ।

Facebook Comments