२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

१ लाख ६० हजार नगद पुरस्कार राशीको फुटबल प्रतियोगीता असोज २८ देखी

१ लाख ६० हजार नगद पुरस्कार राशीको फुटबल प्रतियोगीता असोज २८ देखी
सेयर गर्नुहोस्
०सेयर

‘खेलकुद विकासका लागि खेल प्रतियोगिता’ भन्ने नारा सहित लगनशिल युवा क्लबले ११ औं अनकन्या कप २०८१ आयोजना गर्ने भएको छ ।

बडादशैको अवसरमा आयोजना हुने फुटबल प्रतियोगीतामा प्रथम हुने समुहले १ लाख ६० हजार नगद सहित कप र मेडल प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुने समुहले ७५ हजार नगद सहित मेडल पुस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगीतामा उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई नगद ४ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । ज्वालमुखी गाउँपालिकाको वडा नम्बर ७ स्थित धारापानि खेल मैदानमा हुने प्रतियोगीतामा सहभागी टिमले असोज १५ देखि २४ गते सम्म टिम दर्ता गराउन सक्नेछन् ।

असोज २८ देखी कार्तीक १ गते सम्म सञ्चालन हुने प्रतियोगीतामा समुह दर्ता शुल्क ९ हजार ९ सय ९९ तोकिएको छ । साथै प्रतियोगीता समापनको दिन बासको लिङ्गाबाट भाले झिक्ने खेल सहित विविध सांस्कृतिक कार्यक्रम रहेको कार्यक्रम संयोजक सौरव थापाले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।