
‘खेलकुद विकासका लागि खेल प्रतियोगिता’ भन्ने नारा सहित लगनशिल युवा क्लबले ११ औं अनकन्या कप २०८१ आयोजना गर्ने भएको छ ।
बडादशैको अवसरमा आयोजना हुने फुटबल प्रतियोगीतामा प्रथम हुने समुहले १ लाख ६० हजार नगद सहित कप र मेडल प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुने समुहले ७५ हजार नगद सहित मेडल पुस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगीतामा उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई नगद ४ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । ज्वालमुखी गाउँपालिकाको वडा नम्बर ७ स्थित धारापानि खेल मैदानमा हुने प्रतियोगीतामा सहभागी टिमले असोज १५ देखि २४ गते सम्म टिम दर्ता गराउन सक्नेछन् ।
असोज २८ देखी कार्तीक १ गते सम्म सञ्चालन हुने प्रतियोगीतामा समुह दर्ता शुल्क ९ हजार ९ सय ९९ तोकिएको छ । साथै प्रतियोगीता समापनको दिन बासको लिङ्गाबाट भाले झिक्ने खेल सहित विविध सांस्कृतिक कार्यक्रम रहेको कार्यक्रम संयोजक सौरव थापाले जानकारी दिनुभयो ।