२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ सेवा समाज कतारको अध्यक्षमा आयुस घले निर्विरोध निर्वाचित

धादिङ सेवा समाज कतारको अध्यक्षमा आयुस घले निर्विरोध निर्वाचित
सेयर गर्नुहोस्
०सेयर

धादिङ सेवा समाज कतारको अध्यक्षमा आयुस घले निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न भएको सातौं अधिवेशनले घलेको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्य समिति चयन गरिएको धादिङ अपडेट कतार संवाददाता राज श्रेठले जानकारी दिनुभयो ।

यस्तै नव गठित कार्य समितिको प्रथम उपाध्यक्षमा गौतम तामाङ, द्वितिय उपाध्यक्षमा उषा रिमाल, महासचिवमा रामहरि श्रेष्ठ, सचिवमा अम्बरबहादुर गुरुङ, कोषाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ र सह–कोषाध्यक्षमा अनिता तामाङ चयन हुनु भएको छ ।

यस्तै समितिको सदस्यहरुमा गणेशकुमार श्रेष्ठ, बिनोद गोले, हरिप्रसाद ढुंगाना, गणेश अर्याल, राधिका परियार र शंखराम तामाङ चयन हुनुभएको छ । ‘धादिङ समाजको मुल मर्म, समाज सेवा नै मानवीय धर्म’ भन्ने मुल नाराका साथ कतारमा कार्यरत धादिङ्गे दाजुभाइ तथा दिदिबहिनीहरुले सन् २००१ मा संस्थाको स्थापना भएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।