विजयादशमीको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको छ ।
नवरात्रिको समाप्तीसँगै भोलि नवदुर्गाको प्रसाद जमरासहित टीका ग्रहण गरी विजयादशमी मनाउने प्रचलन छ।
पञ्चांग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरी बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको छ।
टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किएर बस्नुपर्ने छ।मान्यजनबाट टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म चल्नेछ।
दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन्।
दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ। बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन्।