उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं. १ लिङ्जोस्थित शनिबार राति एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

स्थानिय मेक्जोम तामाङको घरमा आगलागी हुँदा घरभित्र भएको लत्ताकपडा, खाद्यान्न लगायतका लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएपछि मेक्जोम तामाङको परिवार गोठमा बसिरहेको रुविभ्यालीबाट घनबहादुर तामाङले जानकारी दिनुभयो ।

 

Facebook Comments