२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल पत्रकार महासंघ धादिङको निर्वाचनमा दुई तमू (गुरुङ) पत्रकार विजयी

नेपाल पत्रकार महासंघ धादिङको निर्वाचनमा दुई तमू (गुरुङ) पत्रकार विजयी

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको निर्वाचनमा दुई जना तमू (गुरुङ) पत्रकार निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा आदिवासी जनजाती तर्फ सदस्य पदमा रेडियो धादिङ र धादिङ अपडेट डटकममा कार्यरत रेखबहादुर तमू र खुल्ला सदस्य पदमा नीलकण्ठ एफएममा कार्यरत विनोद तमू विजयी भएका हुन् ।

रेखबहादुर तमूले ४१ मत ल्याएर विजयी हुनुभएको हो भने विनोद तमूले ५९ मत ल्याएर विजयी हुनुभएको हो । आदिवासी जनजाति तर्फ रेखबहादुर तमूले ४१ मत प्राप्त गर्दा उहाँका प्रत्यासी प्रेस सेन्टरका निर बहादुर तामाङलाई ३२ मत प्राप्त भएको थियो । यस्तै खुल्ला सदस्य तर्फ विनोद तमूले ५९ मत प्राप्त गर्दा उहाँका प्रत्यासी प्रेस सेन्टरका श्रीकृष्ण रिजालले १३ मत प्राप्त गर्नुभयो ।

संभवत : नेपाल पत्रकार महासंघको कार्य समितिमा तमूहरुको प्रतिनिधित्व यो पहिलो पटक हो । नेपाल पत्रकार महासंंघ जिल्ला शाखा धादिङको अध्यक्षमा सिताराम अधिकारी बिजयी हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा प्रेस सेन्टरका राजन अधिकारीलाई ११ मतान्तरले पराजित गर्दै प्रेस चौतारीका सिताराम अधिकारी बिजयी हुनुभएको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।