
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका नवनिर्वाचित कार्य समितिले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार नेपाल पत्रकार महासंघ जिल्ला शाखाको धादिङको सभाहलमा एक कार्यक्रमका विच पदभार ग्रहण तथा प्रमाण पत्र वितरण गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महांसघ जिल्ला शाखा धादिङका निवर्तमान अध्यक्ष राजाराम शर्माले नव निर्वाचित अध्यक्ष सिताराम अधिकारीलाई माईन्यूट दिएर पद हस्तान्तरण गर्नुभएको हो ।
निर्वाचन समितिका सदस्य एवंम पत्रकार महासंघ जिल्ला शाखा धादिङका कानूनी सल्लाहाकार तथा नेपाल बार एशोसिएसन धादिङका अध्यक्ष टंक कुमार श्रेष्ठ, नेपाल बार एशोसिएसन धादिङका पूर्वअध्यक्ष रामकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ बागती प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष कृष्णसारु मगर, नवनिर्वाचित केन्द्रिय सदस्य रामेश्वर कार्की लगायतको उपस्थिति रहेको थियो । गत मंसिर २८ गते भएको निर्वाचनमा अध्यक्षमा सिताराम अधिकारी निर्वाचित हुनुभएको थियो ।

यस्तै उपाध्यक्षमा मनिश दुवाडी, महिला उपाध्यक्षमा सरिता श्रेष्ठ, सचिवमा सन्तोषराज श्रेष्ठ, सहसचिवमा विकास रौनियार, महिला सहसचिवमा अस्मिता पोखरेल, कोषाध्यक्षमा बद्री अधिकारी निर्वाचित हुनुभएको थियो । यस्तै सदस्यहरुमा उपेन्द्र अधिकारी, सन्दिप प्रसाद घिमिरे, पुरुषोत्तम ढुङ्गाना, मनिष श्रेष्ठ, विनोद तमू, रेखबहादुर गुरुङ, सुशिला विश्वकर्मा, अनिल कुमार नेपाली, र सनिता चेपाङ निर्वाचित हुनुभएको थियो ।