नेपाल पत्रकार महांसघ धादिङका संस्थापक सचिव तथा पूर्वअध्यक्ष पत्रकार स्वर्गिय राजेन्द्र प्रताप शाहको शालिक निर्माण हुने भएको छ ।

नेपाल पत्रकार महासंघको प्रांगणमा निर्माण हुने शालिकको आज शिलान्यास गरिएको छ । नवनिर्वाचित अध्यक्ष सिताराम अधिकारीले पहिलो काम स्वरुप स्वर्गिय राजेन्द्र प्रताप शाहको शालिकको शिलान्यास गर्नुभएको हो । यस अघि संस्थापक अध्यक्ष स्वर्गिय सिताराम प्रसाद बर्माको शालिक निर्माण गरिएको स्थानमै शाहको पनि शालिक निर्माण गर्न लागिएको हो ।

पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष अधिकारीले पत्रकार शाहको शालिक निर्माण गर्ने पहिलो निर्णय गर्नुभएको हो । अग्रज पत्रकारलाई सम्मान गर्दै स्वर्गिय पत्रकार शाहको शालिक निर्माण गर्न लागिएको नवनिवर्चाति अध्यक्ष अधिकारीले बताउनुभयो ।

पत्रकार शाहको वि.सं.२०७८ चैत्र ३ गते ६० वर्षको उमेरमा काठमाण्डौं स्थित अल्का हस्पीटलमा उपचारको क्रममा निधन भएको थियो ।

Facebook Comments