२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मनास्लु क्षेत्रमा विदेशी पर्यटक बढे, एक वर्षमा १० हजार भन्दा धेरै विदेशी पर्यटक पुगे

मनास्लु क्षेत्रमा विदेशी पर्यटक बढे, एक वर्षमा १० हजार भन्दा धेरै विदेशी पर्यटक पुगे
सेयर गर्नुहोस्
०सेयर

गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा साढे १० हजार जनाभन्दा धेरै विदेशी पर्यटक घुम्न पुगेका छन् । सन् २०२४ मा १० हजार ६ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का संरक्षण अधिकृत एवम् सूचना अधिकारी भुवनराज ओझाले बताउनुभयो ।

यो सङ्ख्या सन् २०२३ को तुलनामा एक हजार चार सय २८ जनाले धेरै हो । सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट एक हजार तीन सय ३५ जना विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । मनास्लु पदमार्गमा घुम्न जाने पर्यटकले नुब्री भ्यालीतर्फ कुल्छुमन ताल, विश्वको आठौं अग्लो मनस्लु हिमाल, वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास गरेर मनाङ पुग्न सक्नेछन् । त्यस्तै चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित शृगी हिमाल, राजेन गुम्बालगायत गुम्बाको अवलोकन गर्न पाउनेछन् ।

मनास्लु क्षेत्रमा प्राकृतिक सौन्दर्यतासँगै पर्यटकले हिमचिुतवा, नाउर, घोरल, डाँफे, मुनाल, चौँरी सामिप्यतामा समेत रमाउने अवसर पाउने गर्दछन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।