
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) धादिङको अध्यक्षमा पुन: अर्जुन श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । बिहीबार धादिङबेसीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट श्रेष्ठको अध्यक्ष्तामा ११ सदस्सीय नयाँ कार्य समति चयन भएको हो । नयाँ कार्य समितिको उपाध्यक्षमा राजाराम डंगोल, सचिवमा विरमान तामाङ, सहसचिवमा रचना श्रेष्ठ, कोषाध्यक्षमा दिलिप श्रेष्ठ चयन हुनुभएको छ ।
यसैगरि सदस्यहरु इश्वर मगर, सनिता चेपाङ, गजेन्द्र गुरुङ, भुवन महर्जन, विकल चेपाङ, रिता कुमारी मगर (चिनो) रहेका छन् । अधिवेशनले संघीय प्रतिनिधिमा शंकर श्रेष्ठ, सरिता श्रेष्ठ, काजी श्रेष्ठ, निरमाया तामाङ(डोल्मा मम्बा) चयन गरेको छ ।
यसैगरि प्रदेश प्रतिनिधि परिषद सदस्यमा सन्तोष राज श्रेष्ठ, रेख बहादुर गुरुङ, नीर बहादुर तामाङ, लक्ष्मी भुजेल, लक्ष्मी शाक्य, विनोद तमु, अशोक श्रेष्ठ चयन गरेको छ । नव निर्वाचित अध्यक्ष श्रेष्ठले जनजाति पत्रकारहरुको क्षमता अभिवृद्दि गरि पत्रकारिता क्षेत्रमा सिक्ने, टिक्ने र बिक्न सक्ने (कामले खोज्ने) गरि पत्रकारहरुलाई सक्षम बनाउने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ।