
घर बगैंचाको स्थापना र व्यवस्थापन २ दिने तालिम सम्पन्न भएको छ । गंगाजमुना गाउँपालिका वडा नं. ५, फुलखर्कमा सम्पन्न भएको तालिममा १४ जना महिला २३ जना कृषकहरूको सहभागितामा थियो । प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा संचालित उत्थानशील जनजिविका तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत तालिम संचालन भएको हो।
घर बगैंचाको स्थापनाका लागि उपयुक्त स्थान र सामग्री छनोट, माटो व्यवस्थापन, सिँचाइ प्रणाली, र जैविक कृषि पद्धतिहरूको प्रयोगबारे जानकारी ,नर्सरी व्यवस्थापन, फलफूलको रोपण र हेरचाह, च्याउ उत्पादन, र जडीबुटी बगैंचाको व्यवस्थापनका उपायहरू बिषयमा सहजकर्ता नवराज न्यौपानेले सहजिकरण गर्नु भएको थियो ।
तालिममा गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा र वडा नं ५ का वडाध्यक्ष कुमार बहादुर अधिकारी र आड्रा नेपालका फिल्ड अधिकृत दिलिप चन्द्र ढकालको आतिथ्यमा रहेको थियोे । ग्रामीण कृषकहरूको आय आर्जन र पोषण सुधारका लागि घर बगैंचाको भूमिका महत्त्वपूर्ण , पोषण सुधार र जिविकोपार्जन समेत टेवा पुग्ने उपाध्यक्ष रामेश्वर सिम्खडाले बताउनु भएको थियो ।
तालिम समापनको क्रममा उपाध्यक्ष सिम्खडाले कृषकहरुलाई ईमानदारीपुर्वक घर घरमा बगैंचा स्थापना र व्यवस्थापन अनुरोध गर्दै घर बगैंचा स्थापना गर्ने कार्य अभियानको रुपमा सबै घरमा गर्नुपर्ने बताउनु भएको प्रयास नेपाल,धादिङका जेण्डर एसोसियट शर्मिला गुरुङले जानकारी दिनु भयो ।
कृषक समुहका सदस्यहरुलाई घर बगैंचा स्थापना र व्यवस्थापनमा समक्ष बनाउने उदेश्यले २ दिने तालिम संचालन गरिएको प्रयास नेपाल धादिङका फिल्ड संयोजक पवन प्याकुरेलले जानकारी दिनु भयो । कृषकहरूलाई आत्मनिर्भर बन्न र दिगो कृषि प्रणालीको अभ्यास मार्फत पोषण सुधार र आय आर्जन गर्न घर बगैंचा व्यवस्थापन तालिम सहयोगी हुने पनि संयोजक प्याकुरेलले बताउनु भयो ।