प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ चयन हुनुभएको छ ।

शनिबार सम्पन्न ११ औं अधिवेशनले अर्जुन श्रेष्ठको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रेखबहादुर गुरुङ, महिला उपाध्यक्षमा सुशिला अर्याल, सचिवमा अनिलकुमार नेपाली, सहसचिवमा विनोद तमु, विरमान तामाङ, कोषाध्यक्षमा उपेन्द्र अधिकारी चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा रिताकुमारी (चिनो) सारु, अशोक श्रेष्ठ, सुदिप अधिकारी र शर्मिला शाक्य चयन हुनुभएको छ ।

निर्वतमान अध्यक्ष श्रीहजुर सिलवाल राजनको अध्यक्षतामा सम्पन्न भएको उद्घाट समारोहमा नेकपा एमालेका केन्द्रिय सदस्य एवंम् धादिङ ईञ्चार्ज खेम लोहनीको प्रमुख आतिथ्य रहेकोे थियो ।

अधिवेशनकै अवसरमा प्रेस चौतारी क्रियिासिल पत्रकारिता पुरस्कारबाट कृषि रेडियोमा कार्यरत उपेन्द्र अधिकारीलाई नगद सहित सम्मान गरेको छ । पत्रकार अधिकारी दुई दशकभन्दा बढि समय देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

यस्तै नेपाल पत्रकार महासंघ धादिङका नवनिर्वाचित कार्य समितिलाई पनि सम्मान गरिएको छ ।

Facebook Comments