फागुन १०
इजरायल – आगामी १४ मार्च, २०२५ शुक्रबारका दिन इजरायलमा रहेका शेर्पा समुदायले ग्याल्पो लोसार मनाउने भएको छ । नेपालको उच्च हिमाली भेगमा बसोबास गर्ने शेर्पा तथा बौद्ध धर्मावलम्बीहरूको महान पर्व ग्याल्पो लोसार (नयाँ बर्ष) २१५२ औं (सिंङ मो डुल ल्हो) (सर्प ) बर्षको अबसरमा ग्याल्पो लोसार साँस्कृतिक साँझ – २१५२ तथा शुभकामना आदान – प्रदान कार्यक्रम आयोजना गरिएको शेर्पा संघ इजरायलले जनाएको छ ।

विशेष गरि नेपालको उच्च हिमाली भेगमा बसोबास गर्ने बौद्धमार्गी गुरुङ, तामाङ, शेर्पा लगायतका समुदायले ल्होसार पर्व हर्सोउल्लासका साथ मनाउने गर्दछन् । नेपाल सरकारले पनि यी समुदायहरुले मनाउने ल्होसार पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउछ । १५ पुषमा गुरुङ समुदाय र माघ शुक्लप्रतिपदाका दिन तामाङ समुदायले ल्होसार मनाउने गर्दछन् । ल्होसारको अबसरमा पुजापाठ गर्ने, आफन्त, इष्टमीत्रसँग भेटघाट गर्ने, मिठो मसिनो खाने, आपसमा शुभकामना आदान–प्रदान सहित ल्होसार पर्व मनाउने गर्दछन् । ल्होछार पर्व नेपाल सहित, चीन, मङगोलिया, बर्मा, भुटान, सिक्किम लगातका देशहरुमा पनि मनाउने गर्दछ ।

“विश्व भरी छरिएर रहेका सम्पुर्ण शेर्पाहरुको एकता कला, भाषा, संस्कृतिको संरक्षण र सम्बद्र्धन आजको अवश्यकता” भन्ने मुल नाराको साथ मनाउने ग्याल्पो लोसार कार्यक्रममा नेपाली दुतावास इजरायलका महामहिम राजदुत प्रा. धन प्रसाद पण्डितको प्रमुख आतिथ्यता रहनेछ। साथै नेपाल आदिवासी जनजाति महासंघ इजरायलकी अध्यक्ष मनु श्रेष्ठको विशेष आतिथ्यतामा हुने कार्यक्रममा स्थानीय कलाकारहरुको उपस्थितिमा लोसार साँस्कृतिक साँझ शुभकामना आदान–प्रदान सहित रात्री भोज हुनेछ । यदाखारुचिम – १५ तेल–अभिब स्थित इभि पार्टी प्यालेसमा हुने कार्यक्रममा उपस्थितिको लागि इजरायलमा स्थापित विभिन्न जातिय, सामाजिक संघ – संस्था लगायत इजरायलमा रहेका सम्पुर्ण नेपाली र नेपालीभाषी दाजुभाई तथा दिदिबहिनीहरुलाई शेर्पा संघ इजरायलले अनुरोध गरेको छ ।

इजरायलमा रहेका शेर्पा समुदायले सन् २०१० मा शेर्पा संघ इजरायलको स्थापना गरेको हो । स्थापनाकालदेखि नै यस संघले आफ्नो कला, भाषा, धर्म, संस्कृतिको संरक्षण र सम्बद्र्धनको लागि विभिन्न कार्यक्रमहरुको साथै सामाजिक गतिविधिहरु पनि गर्दै आएको छ ।

Facebook Comments