२०८३ कार्तिक ३०, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पर्यटन क्षेत्रका सरोकारवालाहरुबीच धादिङबेसीमा अन्तरक्रिया

पर्यटन क्षेत्रका सरोकारवालाहरुबीच धादिङबेसीमा अन्तरक्रिया

धादिङ - पर्यटन क्षेत्रका सरोकारवालाहरुबीच धादिङबेसीमा अन्तरक्रिया गरिएको छ । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा जिल्लाको पर्यटन क्षेत्रका विषयहरुमा छलफल गरिएको हो ।

होटल व्यवसायी, होमस्टे व्यवसायी, यातायात व्यवसायीसहित पर्यटन क्षेत्रमा आवद्ध व्यक्तिहरु सहभागी अन्तरक्रियामा उठेका सवालहरुलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले प्रदेशभित्रको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सरकारले नीतिगत सुधारलाई प्राथमिकता दिइरहेको जानकारी दिनुभयो । ‘नीतिगत सुधार हाम्रो पहिलो प्राथमिकता हो, त्यसपछि कार्यविधि बनाएर कार्यान्वयनमा लगिनेछ’, सुवेदीले भन्नुभयो–‘नीति, कार्यविधि तयार भइसकेपछि पर्यटक भित्र्याउने खालका कार्यक्रमहरु ल्याइनेछ ।’

अन्तरक्रियामा गजुरी गाउँपालिकाका पूर्व उपाध्यक्ष एवं नेकपा एकिकृत समाजवादी पार्टीकी युवा नेता डा. सीता ढुंगानाले संस्कृति र प्रकृति प्रदर्शन गर्ने खालका पर्यटकीय गन्तव्यको संभाव्यता अध्ययन गरी पहिचान गरेर प्रदेश सरकार अघि बढ्नुपर्ने सुझाव दिनुभयो । स्थानीय स्तरमा दक्ष जनशक्ति नहुँदा होमस्टे व्यवसाय व्यवस्थित बनाउन नसकेको नीलकण्ठ न.पा. १ पात्ले होमस्टेका सञ्चालक शेर बहादुर गुरुङ र श्याम बहादुर गुरुङले गुनासो गर्नुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।