मोबाईल तथा ईलोक्ट्रोनिक्स सामानमा गुणस्तरिय सेवा प्रदान गर्दै आएको धादिङ जिल्लाकै एक मात्र मोबाईल फोनको विक्रेता त्रिमुर्ती मोबाईल हाउसले सञ्चालन गरेको उपहार धमाकाको स्कुटर उपहार सजिना खड्काले जित्नुभएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ खहरेकी सजिना खड्काले लक्की ड्र मार्फत टिभिएसको एन्ट्रोक स्कुटर जित्न सफल हुनुभएको हो । धादिङको सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालमा मोबाईल खरिद गर्ने ग्राहकहरु मध्येबाट एक जनालाई लक्की ड्र मार्फत स्कुटर प्रदान गरेको हो ।

२०८१ साल चैत १८ गते त्रिमुर्ती मोबाईल हाउसमा मोबाईल किन्नुभएका सजिनाले उपहार धमाका मार्फत स्कुटर जित्नुभएको हो । त्रिमुर्ती मोबाईल हाउसले हरेक महिना ग्राहकहरुमध्येबाट एक जनालाई सुनको औँठी उपहार समेत प्रदान गर्दै आएको छ । साथै उपहारमा पावर बैंक, स्माट वाच, एयरपर्टस्, एयरफोन लगायत विभिन्न सामाग्री दिदै आएको प्रोपाईटर श्रेष्ठले बताउनुभयो ।

त्रिमुर्ती मोबाईल हाउसले नव वर्षको अवसर पारेर एक कार्यक्रमका विच स्कुटर वितरण गरेको हो । सुनको औँठी, पावर बैंक, स्माट वाच, एयरपर्टस्, एयरफोन लगायत सामाग्री करिव एक सय जनालाई प्रदान गरिएको हो । विभिन्न खेल खेलाउदै उपहार दिएर ग्राहक तथा सहभागीहरुलाई नयाँ वर्ष रोचक समेत बनाएका थिए । अर्को वर्ष हिरोको जुम स्कुटरसाथै हरेक महिना सुनको औँठी लगायत विभिन्न उपहार वितरण गरिने प्रोपाइटर श्रेष्ठले बताउनुभयो ।

Facebook Comments