२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

त्रिमुर्ती मोबाईल हाउसको स्कुटर उपहार सजिना खड्कालाई

त्रिमुर्ती मोबाईल हाउसको स्कुटर उपहार सजिना खड्कालाई

मोबाईल तथा ईलोक्ट्रोनिक्स सामानमा गुणस्तरिय सेवा प्रदान गर्दै आएको धादिङ जिल्लाकै एक मात्र मोबाईल फोनको विक्रेता त्रिमुर्ती मोबाईल हाउसले सञ्चालन गरेको उपहार धमाकाको स्कुटर उपहार सजिना खड्काले जित्नुभएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ खहरेकी सजिना खड्काले लक्की ड्र मार्फत टिभिएसको एन्ट्रोक स्कुटर जित्न सफल हुनुभएको हो । धादिङको सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालमा मोबाईल खरिद गर्ने ग्राहकहरु मध्येबाट एक जनालाई लक्की ड्र मार्फत स्कुटर प्रदान गरेको हो ।

२०८१ साल चैत १८ गते त्रिमुर्ती मोबाईल हाउसमा मोबाईल किन्नुभएका सजिनाले उपहार धमाका मार्फत स्कुटर जित्नुभएको हो । त्रिमुर्ती मोबाईल हाउसले हरेक महिना ग्राहकहरुमध्येबाट एक जनालाई सुनको औँठी उपहार समेत प्रदान गर्दै आएको छ । साथै उपहारमा पावर बैंक, स्माट वाच, एयरपर्टस्, एयरफोन लगायत विभिन्न सामाग्री दिदै आएको प्रोपाईटर श्रेष्ठले बताउनुभयो ।

त्रिमुर्ती मोबाईल हाउसले नव वर्षको अवसर पारेर एक कार्यक्रमका विच स्कुटर वितरण गरेको हो । सुनको औँठी, पावर बैंक, स्माट वाच, एयरपर्टस्, एयरफोन लगायत सामाग्री करिव एक सय जनालाई प्रदान गरिएको हो । विभिन्न खेल खेलाउदै उपहार दिएर ग्राहक तथा सहभागीहरुलाई नयाँ वर्ष रोचक समेत बनाएका थिए । अर्को वर्ष हिरोको जुम स्कुटरसाथै हरेक महिना सुनको औँठी लगायत विभिन्न उपहार वितरण गरिने प्रोपाइटर श्रेष्ठले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।