
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित लाहुरेगाउँ आमा समहूलाई राहत सामाग्री वितरण गरिएको छ ।
फाईन्ड नेपाल ट्रेक प्रालिले राहत सामाग्री वितरण गरेको हो । आमा समहूलाई शुक्रबार एक कार्यक्रमका विच फाईन्ड नेपाल ट्रेक प्रालिका म्यानेजिङ डाइरेक्टर शिव गुरुङले ३ लाख बराबरको खाद्ययन्न तथा लत्ता कपडा, टेबल कुर्ची, आमा सामूहलाई आवश्यक पर्ने सामाग्री खरिद गर्न नगद ४० हजार समेत प्रदान गरिएको स्थानिय समाजसेवी निशान गुरुङले जानकारी दिनुभयो ।
यस्तै फाईन्ड नेपाल ट्रेक प्रालिले नीलकण्ठ नगरपालिका ४ मा रहेको आमाको माया छात्राबासमा रहेका वालवालिकालाई शैक्षिक सामाग्री समेत वितरण गरेको छ ।