
कास्कीको लामेआहालमा ईभी हाईस दुर्घटना हुँदा घाईते भएका ८ जना मध्ये ५ जना धादिङका रहेका छन् ।
धादिङको निलकण्ठ न.पा.४ बस्ने वर्ष २४ को राज कुमार परियार, नीलकण्ठ नगरपालिका ४ घर भई कास्कीको पोखरा महानगरपालिका २५ हेम्जा बस्ने बर्ष ३२ को सानुबाबु गुरुङ, धादिङ निलकण्ठ न.पा.१३ बस्ने बर्ष ३५ को राजु मगर रहेका छन् ।
यस्तै घाईते भएका निलकण्ठ नगरपालिका.१३ का १९ वर्षिय सुदिप गुरुङ, १९ वर्षिय अनुप गुरुङ उपचार पछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यस्तै अन्य घाईते हुनेहरुमा हाईस चालक पोखरा महानगरपालिका १४ बस्ने ४६ वर्षे रमेश प्रसाद ढुङ्गाना, उहाँका श्रीमती ४५ वर्षिय पार्वती ढुङ्गाना रहेको जिल्ला प्रह्ी कार्यालय कास्कीले जनाएको छ ।
बुधबार धादिङबाट काठमाण्डौं तर्फ जाँदै गरेको ग१ज ८६३० नम्बरका ईभी हाईस पृथ्वी राजमार्ग अन्तर्गत लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा फुलखर्कका झाङ माया गुरुङ, नीलकण्ठ नगरपालिका २ भुलभुलेका १५ वर्षिय अगम गुरुङ र ज्वालामुखीका लितकुमारी आचार्य रहेका छन् । तिव्र गति र पानी परेका कारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।