२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पहाडी क्षेत्रमा मौसम साधारणतया बदली, गर्मी हिजोजस्तै

पहाडी क्षेत्रमा मौसम साधारणतया बदली,  गर्मी हिजोजस्तै

देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।

आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

यसैबीच काठमाण्डौ उपत्यका, मधेश प्रदेशलगायत तराईका ठाउँमा केही दिनदेखि गर्मी बढ्दो रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाण्डौ उपत्यकाको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।

सबैभन्दा धेरै तापक्रम भैरहवामा ४० दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । देशभर गर्मी बढिरहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।