इजरायल – इजरायलले इरानविरुद्ध व्यापक आक्रमण गरेको छ । बिहिबार राती सय भन्दा बढि रकेटद्धारा हमला गरेको हो । आक्रमणबाट इरानी स्लामिक रिभोलुशनरी गार्डसका प्रमुख होसेन सलामी, खतम अल अन्बिया केन्द्रिय मुख्य सल्लाहाकार प्रमुख घोलामली रशिद, प्रमाणु वैज्ञानिक फेडेरेशन अब्वासी लगायतका अधिकारीहरुको मृत्यु भएको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । इजरायलले इरानको सैन्य र आणविक केन्द्रहरुलाइ निशाना बनाएको थियो ।

इजरायलको आक्रमण पश्चात इरानका सर्वोच्च नेता अलि खामेनेईले इजरेलले दुर्भाग्यपूर्ण अवस्था बेहोर्नुपर्ने’ चेतावनी दिएको छ । अब मध्य पूर्वमा पुन : युद्ध चर्कने संभावना बढेको छ ।

यसका साथै इजरायलले इरानको तर्फबाट प्रत्याआक्रमण हुन सक्ने भन्दै इजरायली होम फ्रन्ट कमाण्डरद्धारा आम सर्वसाधारणको लागि नयाँ सुचना र निर्देशनहरु जारी गरिएको छ । निर्देशनमा स्थानीय सुरक्षा प्रोटकलहरुको विषयमा जानकारी राख्न, पालना गर्न र आफ्नो सुरक्षातर्फ ध्यान दिन एवं सुरक्षित आश्रयस्थलको सुविधा रहेको स्थलमा रहन सचेत गराएको छ । इजरायलले आफ्नो सुरक्षाका सम्पूर्ण संयन्त्रलाइ हाइअलर्टमा राखेको छ ।

यो समाचार तयार गर्दा सम्म इरानको तर्फबाट पनि इजरायल लक्षित जवाफी ड्रोन आक्रमण भएको समाचारहरु आइरहेको छ । यद्यपी आधिकारी पुष्टि भने हुन बाँकि रहेको छ । इरानको तर्फबाट पनि जवाफी कारबाही हुने खबरहरु आएसँगै इजरायली नागरिक तथा इजरायलमा रहेका विश्वका विभिन्न देशका नागरिकहरु आतंकित बनेका छन् ।

सन् २०२३, अक्टोबर ७ मा प्यालेस्टिन समर्थीत विद्रोहि समूह हमासको आक्रमणबाट १ हजार ३०० जना इजरायली नागरिकको मृत्यु भयो । त्यस पश्चात सुरु भएको दोहोरो आक्रमण र  उत्पन्न परिस्थिती पछि सिङ्गो इजरायल र दक्षिण पूर्वमा द्धन्द चर्किरहेको छ । प्यालेस्टिन समर्थीत विद्रोहि समूह हमास र इजरायलबीचको युद्धकोे प्रभाव इजरायलको अन्य छिमेकी राष्ट्रहरुमा पनि प्रत्यक्ष पर्न गयो । विशेष गरि हमास समर्थीत इरानसँगको सम्बन्ध बिग्रनुका साथै दोहोरो युद्धको अवस्था नै सृजना भयो । इरान र इजरायलको बीचमा पटक – पटक दोहोरो क्षेपयास्त्र, रकेट र ड्रोनहरुद्धारा आक्रमण हुने गरेको छ ।

 

Facebook Comments