२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ज्वालामुखीमा खानेपानी बोर्डको दीगो व्यवस्थापन सम्बन्धी समन्वयात्मक अन्तरक्रिया

ज्वालामुखीमा खानेपानी बोर्डको दीगो व्यवस्थापन सम्बन्धी समन्वयात्मक अन्तरक्रिया
सेयर गर्नुहोस्
०सेयर

धादिङको ज्वालामुखी गाउँपालिकामा ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डको दीगोपनाका विषयमा समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

खानेपानी व्यवस्थापन बोर्डको आयोजनामा फोकस नेपाल, अक्सफाम नेपाल र ज्वालामुखी गाउँपालिकाको आर्थिक, प्राविधिक तथा समन्वयात्मक सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा बोर्ड मोडेलमा आधारित खानेपानी व्यवस्थापनको अनुभव, चुनौती र सम्भावनाबारे सामुहिक छलफल गरिएको छ।

गाउँपालिका अध्यक्ष एवं् बोर्ड अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रियामा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठ प्रमुख आतिथ्य रहेको थियो । । समावेशी, न्यायपूर्ण र दीगो खानेपानी सुशासनप्रति प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दनैले आगामी दिनमा बोर्ड मोडेलमा आधारित योजनालाई अझ सशक्त ढंगले अघि बढाउने प्रतिबद्धता जनाए । कार्यक्रममा स्थानीय राजनीतिक दल, उपभोक्ता समिति, प्राविधिकहरु सहभागी थिए ।

अध्यक्ष दनैले प्रारम्भिक अवरोध, फोकस नेपाल र अक्सफामको सहयोग र हालको अवस्था प्रस्तुत गर्दै राजनीतिक सहमतिसहित अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । हटिया खानेपानीका उपभोक्ता प्रतिनिधि कृष्णप्रसाद काप्रीले बोर्ड स्थापना पश्चात् देखिएको पारदर्शिता र सहजताको अनुभव सुनाउनुभयो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश थापाले केही नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै संस्थागत समन्वय अझ बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । गाउँपालिका उपाध्यक्ष धर्मबहादुर अर्यालले बहुपक्षीय समन्वय र उपभोक्ता समितिको आवद्धता बढाउनु अपरिहार्य रहेको बताउनुभयो ।

फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले दीगो खानेपानी सुशासनका लागि बोर्ड मोडेल महत्वपूर्ण भएको उल्लेख गर्दै सबै पक्षलाई साझा धारणा बनाउँदै अघि बढ्न आग्रह गर्नुभयो । बोर्डका प्रबन्धक सबिना रेग्मीले बोर्ड मोडल कार्यान्वयनका चुनौती र सिकाइहरू प्रस्तुत गर्नुभएको थियो ।

अक्सफामका थिमेटिक लिड एञ्जिल अधिकारीले दीगो व्यवसायिक योजना र अवसरबारे बताए । परामर्शदाता पंकज आचार्यले विद्यमान व्यावसायिक योजनामा देखिएका कमजोरी र सुधारका सुझावहरू प्रस्तुत गर्नुभयो । महानिर्देशक इन्जिनियर श्रेष्ठले बोर्ड मोडेल सम्बन्धमा संघीय अवधारणसहित राष्ट्रिय नीतिमा समावेश हुने सम्भावनाबारे चर्चा गर्नुभयो ।

राजनीतिक दलका तर्फबाट कांग्रेसका सभापति रेशमलाल काप्री, नेकपा एकिकृत समाजवादी ज्वालामुखी गाउँ कमिटिका अध्यक्ष भानुभक्त दुबाडी, नेकपा एमाले जिल्ला कमिटि धादिङका सदस्य युगेश्वर अर्याल लगायतले बोर्ड मोडल कार्यान्वयनमा पारदर्शिता, सहकार्य र संस्थागत सुधारको आवश्यकता औंल्याउँदै समर्थनको प्रतिबद्धता जनाउनुभयो। वडा नं ६ का अध्यक्ष किशोर सेढाईंले राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर बोर्डलाई सहयोग गर्न अपिल गर्नुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।