असार १३
इजरायल – तमू समाज इजरायलको एघारौं अधिवेशन आगामी ११ जुलाई शुक्रबारका दिन साँझ तेलअभिवमा हुने भएको छ । अधिवेशनले आगामी दुई बर्षको लागि नयाँ नेतृत्व सहितको कार्यसमिति चयन गर्नेछ । तमू समाज इजरायलको सांगठनिक संरचना अनुसार संरक्षक समिति, सल्लाहाकार समिति रहनेछ । त्यसै गरी कार्यसमितिमा अध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, महासचिव, सचिव, सह – सचिव, कोषाध्यक्ष, सह – कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था गरिएको छ ।

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात “शास्त्र हराय संस्कार हराउछ, संस्कार हराय संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तिव नै हराउछ ” भन्ने मुल नाराका साथ तमु समुदायको मौलिक भेषभुषा, भाषा, कला, संस्कार, संस्कुति र पहिचानलाइ जगेर्ना गर्ने उदेश्य सहित इजरायलमा रहेका तमूहरु संगठित भई सन् २००६ मा तमू समाज इजरायलको स्थापना गरिएको हो ।
तमू समाज इजरायलले स्थापना कालदेखि तमू समुदायको मौलिक भेषभुषा, भाषा, कला, संस्कार, संस्कुतिको विकास र प्रवद्र्धन गर्दै आफ्नो पहिचान तथा अधिकार प्राप्तिको लागि समग्र आदिवासी जनजातिको अभियान र आन्दोलनमा वहस, पैरवीका साथै सहयोग गर्दै आएको वर्तमान अध्यक्ष विन्दु तमुस्योले जानकारी दिनुभयो । यसका साथै यस समाजले प्रवासमा रहेर पनि आफ्नो देश र राष्ट्रको लागि पनि विभिन्न समयमा आइपर्ने प्राकृतिक प्रकोप र विपत्तिहरुमा सामाजिक, आर्थिक, नैतिक साथ र सहयोगहरु पनि गर्दै आएको अध्यक्ष तमूस्योले बताउनु भयो ।

एघारौ अधिवेशनको लागि तयारी अन्तिम चरण्मा रहेको बताउँदै तमू समाज इजरायलका महासचिव रेखा तमूस्योले अधिवेशनलाइ भव्यताकासाथ सफल बनाउन उपस्तिथिको लागि इजरायलमा रहनुभएका सम्पूर्ण तमू लगाएत अन्य जाति र समुदायका दाजुभाइ तथा दिदी बहिनीहरुलाइ अनुरोध गरेका छन् । इजरायलमा रहेका विभिन्न जातिय तथा सामाजिक संघ – संस्थाहरु मध्ये तमू समाज इजरायल एक सक्रिय संस्था हो । इजरायलमा रहि विभिन्न क्षेत्रमा काम गर्ने तमूहरुको संख्या धेरै रहेका छन् ।