असार २२
इजरायल – (नेकपा –एमाले) निकट प्रवासी नेपाली मंञ्च इजरायलमा दुई वर्ष अघिदेखि दुईवटा संगठनहरु सक्रिय रहेका छन् । जसमा अधिकारीक संगठनको नेतृत्व गीता सुवेदीले गरिरहेकी छिन् । भने अर्को संगठनको नेतृत्व समीर प्रधानले गरेको छ ।
तत्कालिन मंञ्चका अध्यक्ष ज्योती शर्मा अन्र्तराष्ट्रिय कमिटिको सदस्यमा निर्वाचित भए पश्चात प्रवासी नेपाली मंञ्च इजरायलको अध्यक्ष पद रिक्त रहेको थियो । रिक्त पदमा तत्कालिन कमिटिका केहि व्यक्तिले तत्कालिन संगठनका सदस्य एवं युवा संयोजक समीर प्रधानलाइ अध्यक्षमा निर्वाचित गरेकोे निर्णय गरेका थिए । त्यस लगतै तत्कालिन उपाध्यक्ष एवं कार्यवाहाक अध्यक्ष गीता सुवेदी लगाएतका टिमले समीर प्रधानको समूहले संगठनको विधि, विधान विपरित निर्णय गरेको र विधाननुसार कार्यवाहाक अध्यक्ष तथा उपाध्यक्षले अध्यक्षको जिम्मेवारी पाउनुपर्ने भन्दै विशेष अधिवेशन मार्फत गीता सुवेदीको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको थियो ।
यसरी प्रवासी नेपाली मञ्च, इजरायलमा फरक – फरक व्यक्तिहरुको नेतृत्वमा दुईवटा संगठन निर्माणसँगै फरक – फरक गतिविधि भएपछि यस मंञ्चको माथिल्लो कमिटि अर्थात अन्र्तराष्ट्रिय कमिटिले आवश्यक अध्यायन र छानविन गरि समीर प्रधान नेतृत्वको संगठनमा रहेका केहि व्यक्तिलाइ अनुशासनको कारवाही गरि गीता सुवेदी नेतृत्वको संगठनलाइ आधिकारीता दिएको थियो ।
त्यसपछि पनि दुईवटा संगठनले अहिलेसम्म समानन्तर गतिविधिहरु गर्दै आएको छ । अहिले दुवै संगठनले तेस्रो अधिवेशनको मिति तय गरी अधिवेशनको तयारीमा लागेका छन् । गीता सुवेदीको नेतृत्वमा रहेको संगठनले आगामी जुलाई २५ तारिख शुक्रबारका दिन तेलअभिवमा अधिवेशन गर्ने निर्णय गरेको छ । भने समीर प्रधान नेतृत्वको संगठनले पनि जुलाई १८ तारिख शुक्रबारका दिन तेलअभिवमा नै अधिवेशन गर्ने निर्णय गरि तयारीमा लागेको छन् ।
इजरायलमा यसरी दुईवटा संगठनको फरक – फरक गतिविधि सक्रिय हुँदा नेकपा (एमाले) को विचार र सिद्धान्त प्रति आस्था राख्ने व्यक्तिहरु पनि विभाजित भएका छन् । केहि व्यक्तिले दुवै पक्षको नेतृत्वलाइ संगठन एउटै बनाउनको लागि र एकताको लागि पटक – पटक पहल गर्दा पनि दुवै पक्षका केहि नेतृत्वको व्यक्तिगत हट र इगोका कारण संगठन एक हुन नसकेको बताएका छन् ।
यसरी संगठन विभाजित हुनमा समीर प्रधान पक्षले भने तत्कालिन प्रवासी नेपाली मञ्च, इजरायलका अध्यक्ष, अन्र्तराष्ट्रिय कमिटिका अध्यक्ष र केहि सदस्यले हामीलाइ वायोस गरि संगठनको विधि, पद्धती, विद्यान, विपरीत एकपक्षीय रुपमा निर्णय गरि गीता सुवेदीलाइ अध्यक्ष बनाएको आरोप लगाएका छन् । यता गीता सुवेदी पक्षले भने केहि साथीहरुले संगठनको विधि, पद्धती र विद्यानको उल्ङ्घन गरी विधि, विधान विपरीतका गतिविधि गरेका कारण कारवाहीमा परेको बताएका छन् । यदि गल्ती गर्ने साथीहरु संगठनको विधि, पद्धती, विद्याननुसार आत्माआलोचना सहित आए संगठनमा स्वागत गर्ने बताएका छन् ।
तीर्थ गौतमको अध्यक्षतामा सन् २०१६ मा प्रवासी नेपाली मञ्च, इजरायलको गठन भएको थियो ।