असार २१
इजरायल – “आदिवासी पहिचान अस्तित्व र पुर्ण अधिकार सहितको स्वायत्तता प्राप्ति गर्ने हाम्रो प्रतिबद्वता र निरन्तरता“ भन्ने मूल नाराका साथ शुक्रबार साँझ तेलअविभमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलकोे १३ औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आगामी एक वर्षको लागि नेपाल मगर संघ इजरायलको तर्फबाट सुर्य बहादुर राना मगरलाइ अध्यक्षमा चयन गरेको छ ।

नव निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा होल्मो समाज इजरायलको तर्फबाट सर्किनी ज्यावा ह्योल्मो, उपाध्यक्षमा शेर्पा संघ इजरायलको तर्फबाट लाक्पा लामा शेर्पा, उपाध्यक्ष नेपाल तामाङ घेदुङ इजरायलको तर्फबाट अशोक थोकर तामाङ, उपाध्यक्ष तमु समाज इजरायलको तर्फबाट बिन्दु तमुस्यो, उपाध्यक्ष किराँत क्याक्थुङ चुम्लुङ इजरायलको तर्फबाट ईन्दु लावती र महासचिवमा राष्ट्रिय नेवाः खल इजरायलको तर्फबाट बिमला श्रेष्ठ, प्रथम सचिवमा बिबस आले मगर ,नेपाल मगर संघ इजरायल, सचिव फुर्वा गम्बु ह्योल्मो , ह्योल्मो समाज इजरायल , सचिव इन्द्रजंंग गुरुङ, तमू समाज इजरायल, सचिव सेमासङ शेर्पा, शेर्पा संघ इजरायल, सचिव ससीकला काङ्भा , किराँत क्याक्थुङ चुम्लुङ इजरायल, कोषाध्यक्षमा सम्झना ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ इजरायल तथा सह कोषाध्यक्षमा अमिरा श्रेष्ठ राष्ट्रिय नेवाः खल इजरायलको तर्फबाट चयन गरिएको नेफिन इजरायलको १३ औं वार्षिकोत्सव तथा साधारण सभाका कार्यक्रम संयोजक मन मास्कि राना मगरले जानकारी दिनुभयो । निर्वाचित नयाँ कार्यसमितिले मगर भाषामा सपथ ग्रहण गरेका थिए । नेफिन इजरायलमा जुन संस्थाले नेतृत्व गर्छ त्यहि जातिको भाषामा सपथ लिने प्रचलन रहेको छ ।

नेफिन इजरायलका अध्यक्ष मनु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इजरायलका लागि नेपाली राजदुत धन प्रसाद पण्डितको प्रमुख आतिथ्यता रहेको थियो । साथै नेफिन इजरायलका पूर्व अध्यक्ष तथा संरक्षक परिषदका सदस्य नयन लिम्बु, नानीमाया योन्जन तामाङ, निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहाकार कुमार आङदेवको विशिष्ट आतिथ्यता रहेको थियो । भने प्रवासी नेपाली मञ्च इजरायलका सचिव रमेश जोशी, जनसम्पर्क समिति इजरायलका उप-सभापती अनु थापा, पानस नेपाल इजरायलका अध्यक्ष अर्जुन बस्नेतको विशेष आतिथ्यता रहेको थियो । साथै नेफिन इजरायलका सल्लाहाकार, सदस्य संस्थाका अध्यक्ष तथा प्रमुख र अन्य संघ – संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
साथै कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक भेषभुषामा आदिवासी पहिचान झल्कने मौलिक कला र नृत्यहरुको प्रस्तुती रहेको थियो । नेफिन इजरायलको नेतृत्व चयनको लागि चक्रिय प्रणाली अवलम्बन गरिएको हुँदा नयाँ नेतृत्व नेपाल मगर संघ इजरायललले पाएको हो । आगामी नेतृत्व भने ह्योल्मो समाज इजरायलले पाउनेछ ।
सन् २०१२ मा स्थापना भएको यस संघले आदिवासी जनजातिहरुबीचमा आपसी एकता भेषभूषा, भाषा, लिपि, कला संस्कृतिको संरक्षण र सम्वद्र्धनको लागि विभिन्न कार्यक्रमहरुको आयोजना र पैरवी गर्दै आएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायल शाखामा नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, तमू समाज, राष्ट्रिय नेवाःखल, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा, शेर्पा संघ, होल्मो समाज सहित आठ वटा जातिय सदस्य संगठनहरु आवद्ध रहेका छन् ।