असार २८
इजरायल – तमू समाज इजरायलको ११ औं अधिवेशन शुक्रबार राति इजरायल स्थित तेलअभिवमा सम्पन्न भएको छ । अधिवेशनले आगामी दुई बर्ष अर्थात सन् २०२५ – ०२७ को लागि रेखा तमूस्योको अध्यक्षतामा ३० सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । त्यसैगरि अधिवेशनले समितिको प्रथम उपाध्यक्षमा गायत्री तमूस्यो, द्धितिय उपाध्यक्षमा खोप्स तमू, तृतिय उपाध्यक्षमा इन्द्रजंग गुरुङ, महासचिवमा सोनी तमूस्यो, सचिवमा सबु तमूस्यो, सह – सचिवमा तेज माया तमुस्यो, कोषाध्यक्षमा अनिल तमू, सह – कोषाध्यक्षमा दुर्गा तमूस्योलाइ चयन गरिएको हो । यसका साथै सदस्यहरुमा बिरेन तमू, मिलन तमू, बिना तमूस्यो, प्रणय तमू, धना तमूस्यो, प्रेम तमू, शुशिल तमू, देबी तमूस्यो, खुशी तमूस्यो, अञ्जली तमूस्यो, रोशनी तमूूस्यो, लिला तमूस्यो, कविता तमूस्यो, खेमराज तमू, रिता क्ल्हे तमूस्यो, विध्या तमूस्यो, अमृता तमूस्यो, उमा तमूस्यो, सुनमती तमूस्यो, रिचा तमूस्यो र दोलख तमू चयन भएका छन् ।

अधिवेशनले तीन सदस्यीय संरक्षक समिति र चार सदस्यीय सल्लाहाकार समिति पनि चयन गरेको छ । संरक्षक समितिमा डिक कुमार तमू, ओम तमू र खुशी क्ल्हे तमूस्यो रहेका छन् । भने सल्लाहाकार समितिको प्रमुखमा बिन्दु तमूस्यो र सदस्यहरुमा रिता क्ल्हे तमूस्यो, बुद्धि तमूस्यो र हस्त कुमारी तमूस्यो रहेका छन् ।

तमू समाज इजरायलकी अध्यक्ष बिन्दु तमूस्योको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलका अध्यक्ष सूर्य राना मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि नेफिन इजरायलका पूर्व अध्यक्ष एवं संरक्षक परिषदका सदस्य कुमार अङदम्बे लिम्बु, नयन इम्सोङ लिम्बु, नानीमाय योञ्जन तामाङ, नेफिन इजरायलका निवर्तमान अध्यक्ष मनु श्रेष्ठ, तमू समाज इजरायलका संरक्षक समितिका सदस्य डिक कुमार तमू, ओम तमू, तमू समाज इजरायलका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहाकार खुशी क्ल्हे तमूस्यो, सल्लाहाकार रित्त क्ल्हे तमूस्योको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा इजरायलमा रहेको राष्ट्रिय समुदाय संस्थाहरुको तर्फबाट नेपाल तामाङ घेदुङ इजरायलका अध्यक्ष मदन नेगी तामाङ, नेपाल मगर संघ इजरायलका अध्यक्ष चित्र जुग्जाली मगर, ह्योल्मो समाज इजरायलका अध्यक्ष समिर स्याङबा ह्योल्मो, शेर्पा संघ इजरायलकी अध्यक्ष फुर्ब शेर्पा, किराँत राई यायोख्या इजरायलका अध्यक्ष दिप कुमार थुलुङ राई, किराँत याक्थुङ चुम्लुङ इजरायलका उपाध्यक्ष प्रविन आङ्बाङ, राष्ट्रिय नेवा खल इजरायलकी अध्यक्ष ज्योती प्रधानको आतिथ्यता रहेको थियो । यसका साथै इजरायलमा क्रियाशिल विभिन्न सामाजिक संघ – संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । अधिवेशनमा इजरायललाइ आफ्नो कर्मभूमी बनाइ विभिन्न क्षेत्रमा काम गर्ने तमूहरुको उल्लेख सहभागीत रहेको थियो । भने अन्य समुदायका मानिसहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा तमू समाज इजरायलकी महासचिव रेखा तमूस्योले समाजको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष गायत्री तमूस्योले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात “शास्त्र हराय संस्कार हराउछ, संस्कार हराय संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तिव नै हराउछ ” भन्ने मुल नाराका साथ तमु समुदायको मौलिक भेषभुषा, भाषा, कला, संस्कार, संस्कुति र पहिचानलाइ जगेर्ना गर्ने उदेश्य सहित इजरायलमा रहेका तमूहरु संगठित भई सन् २००६ मा तमू समाज इजरायलको स्थापना गरिएको हो । स्थापना कालदेखि यस समाजले विभिन्न समयमा सामाजिक, आर्थिक लगायत विभिन्न गतिविधिहरु गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेफिन इजरायलका अध्यक्ष सूर्य राना मगरले आफ्नो शुभकामना मन्तव्यसँगै तमू समाज इजरायल इजरायलमा स्थापित विभिन्न राष्ट्रिय सामुदायिक संस्थाहरु मध्येको एक सक्रिय, अब्बल र सु – संगठित समाज रहेको र यस संस्थाको गतिविधिहरु अन्य संस्थाहरुले अनुकरण गर्नुपर्ने बताउनुभयो । साथै आगामी दिनमा अझै यस समाजको उन्नती प्रगतिको शुभकामना दिनुभयो ।

तमू समाज इजरायलकी सचिव सोनी तमूस्योको संयोजकत्वमा सम्पन्न अधिवेशनमा तमू समाज इजरायललाइ विभिन्न समयमा आर्थिक लगायत अन्य विभिन्न हिसाबले सहयोग गर्ने सहयोगीहरुलाइ खादा सहित उच्च सम्मान गरेको थियो । यसका साथै तमू समाज इजरायलका निवर्तमान संरक्षक समिति, सल्लाहाकार समिति र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाइ पनि आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेको भन्दै सम्मान गरेको थियो ।

सन् २०१७ मा सदस्य बनेकी रेखा ०२५ मा बने अध्यक्ष
सन् २०१७ मा तमू समाज इजरायलको सदस्य बनेका रेखा तमूस्यो सन् २०२५ मा अध्यक्ष बनेकी छन् । बैदेशिक रोजगारीको शिलशिलामा सन् २००८ मा इजरायल प्रवेश गरेकी रेखा तमूस्यो सन् २०१७ मा तमू समाज इजरायलको सदस्य भएका थिए । त्यसपछि सन् २०१९ देखि ०२३ सम्म सचिव र २०२३ देखि ०२५ सम्म महासचिव बेनेकी रेखा तमू समाज इजरायलको ११ औं अधिवेशनबाट भने आगामी सन् २०२७ सम्मको लागि संस्थाको अध्यक्षमा सर्वसम्मत चएन भएकी छन् । नव निर्वाचित अध्यक्षले यस अघिदेखि नै आफ्नो समुदायको मौलिक भेषभुषा, भाषा, कला, संस्कार, संस्कुति र पहिचानलाइ जोगाउनको साथै शैक्षिक, सामाजिक, आर्थिक विकास तथा आफ्नो हक अधिकार प्राप्तीको लागि संस्थामा रहेर सक्रिय रुपमा काम गदै आएका थिए ।

 

Facebook Comments