
यातायात विभाग मीनभवन, काठमाण्डौ अगाडीको सडकमा गएराति भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ ।
जीप र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक गोरखाको सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियारको उपचारका क्रममा सिभिल अस्पतालमा ज्यान गएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बीएबी ०३६५ नम्बरको जिप र बा८१प ४०१० नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।