२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको भाउ तोलाको २ लाख ५० हजार नाघ्यो

सुनको भाउ तोलाको २ लाख ५० हजार नाघ्यो

सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय ४० रुपैयाँ रहेको थियो । चाँदीको भाउ अस्ति अहिलेसम्मकै उच्च तोलाको तीन हजार तीन सय २५ रुपैयाँ रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।