२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो
सेयर गर्नुहोस्
०सेयर

लगातार घट्दै गएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको दुई लाख ३७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३७ हजार दुई सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर तोलाको तीन हजार १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ दुई हजार नौ सय ९० रुपैयाँ थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।