२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको भाउ आज तोलामा ३ हजार ८०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ३ हजार ८०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा तीन हजार आठ सय रुपैयाँले घटेको छ । सुन आज तीन हजार आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४३ हजार तीन सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी पनि आज तोलामा ६५ रुपैयाँले घटेको छ । चाँदी आज ६५ रुपैयाँले घटेर तोलाको तीन हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार एक सय ५५ रुपैयाँ थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।