२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ताप्लेजुङको तेम्बा बजारमा आगलागी : चार वटा घर जले

ताप्लेजुङको तेम्बा बजारमा आगलागी : चार वटा घर जले
सेयर गर्नुहोस्
०सेयर

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ तेम्बा बजारमा गएराति आगलागी भएको छ । आगलागीबाट चार वटा घर जलेका छन् ।

मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाको घर जलेको हो । चारवटै घर र घरमा भण्डारण गरिएको खाद्यान्नलगायत अन्य सामग्री पनि जलेका छन् ।

पीडितको एकसरो लत्ताकपडाबाहेक सबै जलेको उपाध्यक्ष शेर्पाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीको कारण खुलिसकेको छैन । क्षतिको विवरण सङ्कलन भैरहेको प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।