२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज र भोलि मौसम आंशिक बदलीको सम्भावना, पानी नपर्ने

आज र भोलि मौसम आंशिक बदलीको सम्भावना, पानी नपर्ने

आज र भोलि मौसम आंशिक बदलीको सम्भावना छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बङ्गालको खाडीमा विकास भएको सामून्द्रीक आँधी ‘दित्वाह’को प्रभावका कारण देशका धेरै ठाउँमा बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।

श्रीलङ्कामा उत्पन्न चक्रवात ‘दित्वाह’को प्रभावले नेपालमा सामान्य प्रभावसहित बदली भए पनि यसको खासै ठूलो असर नपर्ने मौसमविद् अधिकारीले जानकारी दिनुभएको छ ।

यसैबीच आज बिहान काठमाण्डौ उपत्यकामा न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो बिहान न्युनतम तापक्रम ६.७ डिग्री सेल्सियस रहेको थियो । आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकामा न्यूनतम तापक्रम केही घटेको हो । काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।