२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गीता जयन्ती पर्व विविध धार्मिक कार्यक्रम गरि मनाइँदै

गीता जयन्ती पर्व विविध धार्मिक कार्यक्रम गरि मनाइँदै

आज मोक्षदा एकादशीका अवसरमा वैदिक सनातन धर्मावलम्बीहरूले गीता जयन्ती पर्व देशभर विविध धार्मिक कार्यक्रम गरि मनाउँदैछन् ।

कुरुक्षेत्रमा कृष्णले अर्जुनलाई उपदेश दिएको दिनको सम्झनामा गीता पाठ, प्रवचन र जनजागरण कार्यक्रम आयोजना गरि आज विभिन्न कार्यक्रम मनाईन्छ । धर्मशास्त्रविद्हरूका अनुसार पाँच हजार वर्षअघि महाभारत युद्ध प्रारम्भ हुनु अघि कृष्णले अर्जुनलाई सुनाएको उपदेश नै भगवद्गीता हो ।

वेदका धेरै शाखा लोप भइसकेका कारण गीता ज्ञान संरक्षणका लागि यो पर्व मनाउने परम्परा बढाइएको आयोजक संस्थाहरूले बताएका छन् । विश्व हिन्दू महासङ्घलगायत संस्थाहरूले आज काठमाण्डौमा विशेष कार्यक्रम आयोजना गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।