
काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक परेको छ । उहाँका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा आज उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो ।
उहाँलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो । शाहलाई हिजाे दिउँसाे अस्पताल भर्ना गरिएको थियो ।