२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

विश्वासको मत पाउने सम्भावना कम भएपछि मुख्यमन्त्री यादव कानूनी परामर्शमा

विश्वासको मत पाउने सम्भावना कम भएपछि मुख्यमन्त्री यादव कानूनी परामर्शमा

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएपछि मधेशका मुख्यमन्त्री सरोज यादव काननी परामर्शमा व्यस्त हुनुभएको छ । उहाँ बिहानैदेखि कानुनी परामर्शमा व्यस्त रहनुभएको उहाँ निकट नेताहरुले बताएका छन् ।

मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै ७३ जना सांसदहरूले दायर गरेको रिट निवेदनमा हिजो सर्वोच्च अदालतले आज बेलुकीसम्म विश्वासको मत लिन परमादेश दिएको थियो । सर्वोच्चले परमादेश दिए पनि अझैसम्म प्रदेशसभा बैठक बोलाइएको छैन ।

एमाले बाहेकका दलहरुले यादवलाई विश्वासको मत नदिने बताएका छन् । सर्वोच्चले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्री यादवलाई एक पटक विश्वासको मत पुर्‍याउन अवसर दिने र नसकेमा प्रदेश प्रमुखले उपधारा २ अनुसारको सरकार गठन लागि प्रक्रिया अघि बढाउने बाटो खोलेको छ ।

१०७ प्रदेश सभा सदस्य रहेको मधेशमा सरकारको विश्वास कायम राख्न ५४ मत आवश्यक पर्छ । एमालेसँग सभामुखसहित २५ सांसद छन् । जसमा एकजना निलम्बित छन् ।

सातदलीय गठबन्धन भित्र कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ गरी ७३ जना सांसद छन् । मुख्यमन्त्री यादवले विश्वासको मत पाउन नसकेको खण्डमा संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नुपर्ने हुन्छ ।

विश्वासको मत पाउने सम्भावना कम भएपछि मुख्यमन्त्री यादवले राजीनामा दिने सम्भावना बढेको छ । यसअघि एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा तथा प्रदेश प्रमुख र सभामुखको सहयोगमा संविधानको धारा १६८(३) अनुसार सरकार गठन गरेको थियो । त्यो प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै सातदलीय गठबन्धन सर्वोच्च पुगेपछि प्रदेश प्रमुख र सभामुख दुवैले पद गुमाइसकेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।