२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

विद्यालय व्यवस्थापन समिति गठन गर्न शिक्षामन्त्री पुनको ताकेता

विद्यालय व्यवस्थापन समिति गठन गर्न शिक्षामन्त्री पुनको ताकेता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन गर्न पालिकालाई ताकेता गर्नुभएको छ ।

कतिपय पालिकाहरूले व्यवस्थापन समिति गठन नगरिकन मनोमानी रूपमा विद्यालय सञ्चालन गरिरहेको जानकारी आएको भन्दै मन्त्री पुनले व्यवस्थापन समिति गठन नगरेका विद्यालयले प्राप्त गर्ने सङ्घीय अनुदान रोक्का गर्ने चेतावनी दिनुभएको छ । उहाँका अनुसार शिक्षा मन्त्रालयले व्यवस्थापन समिति गठन नगर्ने पालिका र विद्यालयको नामवली सङ्कलन गरिरहेको छ ।

सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले व्यवस्थापन समिति गठन गर्ने पालिका र विद्यालयको नाम उपलब्ध गराइदिन अभिभावकहरूलाई आग्रह पनि गर्नुभएको छ ।

शिक्षा ऐन अनुसार पालिकाले विद्यालय व्यवस्थापन समितिको गठन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि बनाएर व्यवस्थापन समिति गठन गर्नुपर्ने हुन्छ ।

यसअघि काठमाण्डाै महानगरपालिकाले स्थानीय शिक्षा ऐन २०७५ लाई संशोधन गरेर वडाको अध्यक्ष वा उनले तोकेको वडा सदस्य विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहने व्यवस्था गरेको थियो । तर त्यसविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष बन्न रोक लगाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।