पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६ चालिसेमा ७ वटा गाडी एकै ठाउँमा ठाेक्किएका छन् ।
स्कूल बससहित ४ वटा बस, २ वटा ट्रक र एउटा मोटरसाइकल ठाेक्किएर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य गाडीलाई ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताउनुभयाे ।
यसैबीच दुर्घटनामा दुई वटा बसमा सवार धेरैजसाे यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाण्डाैतर्फ पठाइएकाे प्रहरीले जनाएकाे छ ।











