२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा हिजो भएको दुर्घटनाका घाइतेमध्ये १७ जनाको उपचार चल्दै

धादिङमा हिजो भएको दुर्घटनाका घाइतेमध्ये १७ जनाको उपचार चल्दै
धुनिबेसीमा सवारी दुर्घटना मलेखु (धादिङ), २० मङ्सिरः पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा शनिबार दुर्घटनामा परेका सवारीसाधन । स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकलगरी सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् । तस्बिर : शंकर श्रेष्ठ/रासस

धुनिबेसीमा सवारी दुर्घटना
मलेखु (धादिङ), २० मङ्सिरः
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा शनिबार दुर्घटनामा परेका सवारीसाधन । स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकलगरी सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् । तस्बिर : शंकर श्रेष्ठ/रासस

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका चालिसेमा हिजो भएको दुर्घटनामा घाइते भएका ७० जनामध्ये १७ जनाको उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका दुई जनाको ज्यान गएको छ । अरू ५१ जना सामान्य घाइते उपचारपछि घर फर्केका छन् ।

१७ जनाको काठमाण्डौको ट्रमा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक श्यामकुमार बस्नेतले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमध्ये एक जना धादिङको थाक्रे गाँउपालिका महादेबबेशीका ५९ वर्षीय शेख अलि एस रहेको र अर्का व्यक्तिको अहिलेसम्म पनि परिचय खुल्न सकेको छैन ।

हिजो सात वटा गाडी आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।